१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

डिलाइट डेरी ह्वाइट्नर : चियाको मिठासमा रमाउने नेपालीपन !

नेपाल, विभिन्न भाषा, संस्कृति, परम्परा र आस्थाले भरिपूर्ण देश, जहाँ चियाले आत्मीयता र एकतालाई धागोको रूपमा जोड्दै आएको छ। हिमाल, पहाड र तराई गरी तीन भौगोलिक क्षेत्रले बाँडिएको देश नेपालमा, सूर्यको पहिलो किरणसँगै उठ्ने चियाको कपले प्रत्येक नेपालीलाई दिनको सुरुवातसँग जोड्ने परम्परा छ। प्राचीन सभ्यतादेखि आजसम्म, चियाले केवल ताजगीमात्र होइन, सम्बन्ध बुनिने, विचार आदान(प्रदान गर्ने र संवादको माध्यम प्रदान गर्दै आएको छ। 

विगत ५० वर्षदेखि, डेरी ह्वाइटनरहरू ती बिहानका गफका अभिन्न साथी भएका छन्, साथै प्रत्येक कपमा न्यानोपन,  मिठास र क्रीमयुक्त स्वाद अनुभूत गराउदै आएका छन्। हरेक चियाको कपमा, नेपालीपनको कथा हरपल झल्किछ र परम्पराको गहिराइदेखि आत्मीयताको न्यानोपनसम्म फैलिन्छ, जसले नेपाली जीवनलाई दिनहुँ उत्साहपूर्ण बनाउँदै आएको छ।  

सुजल डेरीले चिया र कफीको परम्परागत न्यानोपनलाई मान्यतामा राखि, स्प्रेडाइङ प्रविधि प्रयोग गरी गाई र भैंसीको शुद्ध दूधबाट डिलाइट डेरी ह्वाइट्नर उत्पादन गरेको छ। डिलाइट डेरी ह्वाइट्नर केवल डेरी ह्वाइट्नरमात्र नभै हरेक नेपालीको जीवन शैलीसँग आबद्ध छ। डिलाइटको प्रत्येक चुस्कीले सत्कार सम्मान र घरका खुशीका पलहरूको सम्झना दिन्छ।

डिलाइट डेरी ह्वाइट्नर हरेक नेपालीको मनमा रहेको उत्पादन हो। तपाईं व्यस्त र विकसित शहरमा आफ्नो उज्वल भविष्यको लागी निरन्तर अघि बढिरहने ब्यवसायिक हुनुहुन्छ वा परिवारको हरेक क्षणपरिपूर्ण बनाउन प्रयासरत गृहिणी हुनुहुन्छ अथवा ताजा दुधको सुविधाबाट बन्चित दुर्गम गाउँमा हुनुहुन्छ भने पनि तपाईंको हरेकपललाई रमणीय बनाउन डिलाइट डेरी ह्वाइट्नर उपलब्ध छ।  

सुजल डेरीले डिलाइट डेरी ह्वाइट्नर को प्रत्येक रुपैयाँको मूल्यलाई सम्मान गर्दै ४०० ग्रामको रु ४८० र ८००ग्रामको रु ९०० मा अत्यन्त गुणस्तरीय उत्पादन प्रदान गरेको छ। १२ महिनाको सेल्फ लाइफ रहेको डिलाइट डेरी ह्वाइट्नर हिमालका चुचुरादेखि, पहाडका उपत्यका र तराई समर्थर फाँटका हरेक भान्सामा भरपर्दो साथी भएको छ।

सुजल डेरीले गर्वका साथ डिलाइट डेरी ह्वाइट्नर प्रस्तुत गरेकोछ। डिलाइट डेरी ह्वाइट्नर केवल सहज र गुणस्तर युक्तमात्र नभई नेपाली चियाकफीको ऐतिहासिक परम्परालाई सम्मान गर्ने उत्पादन हो।  

प्रकाशित: १२ मंसिर २०८१ १७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App