६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

विद्युत वितरण सुदृढीकरणका लागि जर्मनीले १० मिलियन युरो अनुदान दिने

.

.

नेपाल सरकार र संघीय गणतन्त्र जर्मनी सरकारबीच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर भएको छ।

मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रत्रालयमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र संघीय गणतन्त्र जर्मनीको तर्फबाट राजदुतावासबीच सम्झौता भएको हो।

सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय सहयोग महाशाखाका सहसचिव धनीराम शर्मा र नेपालका लागि जर्मनीका राजदुत डा. थोमस प्रिन्जले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।

जर्मनी सरकारले नेपाललाई अनुदान सहायतास्वरूप १० मिलियन युरो अर्थात १ अर्ब ४६ करोड रुपैयाँ उपलब्ध गराउन सहमतीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौताले नेपालको विद्युत वितरण पूर्वाधारलाई सुदृढ पार्ने र थप प्रभावकारी विद्युत आपूर्ति सुनिश्चित गर्न जलवायु–अनुकूल प्रविधिहरू लागू गर्ने लक्ष्य राखेको छ।

उक्त अनुदान रकम भरतपुर (बागमती प्रदेश), बुटवल-भैरहवा (लुम्बिनी प्रदेश) र पोखरा (गण्डकी प्रदेश) लगायतका नेपालका प्रमुख क्षेत्र विकासका लागि केन्द्रित हुनेछ।

कार्यक्रमले नेपाल विद्युत प्राधिकरणलाई विस्तृत सम्भाव्यता अध्ययन तयार गर्न र विद्यमान विद्युत वितरण प्रणालीलाई आधुनिक, जलवायु स्मार्ट प्रविधिसहितको स्तरोन्नति गर्न सहयोग गर्नेछ।

उक्त परियोजना जर्मनीको विकास बैंकमार्फत जर्मन वित्तीय सहयोग एफसीको रूपमा कार्यान्वयन गरिने र आधिकारिक कार्यान्वयनको लागि रेड बुकमा प्रतिविम्वित हुँदै नेपाल सरकारको बजेट प्रणालीमा एकीकृत गरिने सम्झौता उल्लेख छ।

कार्यक्रम सन् २०२५ बाट सुरु हुनेछ।

प्रकाशित: ४ मंसिर २०८१ १६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App