१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

डिलाइट डेरी ह्वाइटनर : स्वादिष्ट चियाका लागि अनुपम उत्पादन

सुजल डेरीको उत्पादन 'डिलाइट डेरी ह्वाइटनर' स्वादिष्ट चियाका लागि अनुपम उत्पादन बनेको छ।

स्वादिष्ट चियाका लागि अनुपम उत्पादन बनेसँगै डिलाइट डेरी ह्वाइटनरको लोकप्रियता हिमालदेखि तराईसम्म फैलिएको कम्पनीको भनाइ छ।

चियाको परम्परालाई सम्मान गर्दै सुजल डरीले डिलाइट डेरी ह्वाइटनर बजारमा ल्याएको छ। यो उत्पादनले प्रत्येक चुस्किमा नेपालीपनको भावना बोकेको कम्पनीको दाबी छ।

गाई र भैंसीको शुद्ध दूधबाट अत्याधुनिक स्प्रे ड्राइङ प्रविधिको प्रयोग गरी बनाइएको डिलाइटले चियामा क्रिमीपन थप्दै साधारण चियालाई पनि सन्तुष्टिको क्षणमा रूपान्तरण गर्दछ। डिलाइट डेरी ह्वाइटनर हरेक पललाई विशेष बनाउन लागी परेको छ।

कम्पनीका अनुसार आधुनिक र आकर्षक मेटालिक प्याकेजिङले सुरक्षित डिलाइट डेरी ह्वाइटनर ले प्राकृतिक दूधको ताजगी सुनिश्चित मात्र गर्दैन आजको व्यस्त जीवनशैलीलाई आवश्यक पर्ने सहजता पनि प्रदान गर्छ।

१२ महिना अवधि भएको यो उत्पादन हिमालदेखि तराईका बजारसम्म नेपालभरका भान्साहरूमा भरपर्दो साथी बन्न पुगेको कम्पनीले बताएको छ।

दूध उत्पादन सीमित हुने तर चियाको चाहना बलियो भएका हुम्ला र लोमाङथाङ जस्ता दुर्गम ठाउँहरूमा डिलाइट डेरी ह्वाइटनर त्यहाँको जीवनरेखा बनेको छ। मध्यपहाडी लोकमार्गजस्ता मार्गहरूमा यसको उपलब्धताले हजारौं मानिसहरूलाई गुणस्तरीय दूधको समस्यालाई समाधान दिएको छ।  

किराना पसलमा होस् या भाटभटेनी, सेलवेज, सेल्सबेरी, र बिगमार्टजस्ता ठूला स्टोरहरूमा, डिलाइट डेरी ह्वाइटनर सजिलै पाउन सकिन्छ। डिलाइट डेरी ह्वाइटनर दराज, ठूलो डटकम र स्मार्टडोको जस्ता ई(कमर्स साइटहरूमा पनि उपलब्ध छ।

डिलाइट डेरी ह्वाइटनर ४०० ग्राम प्याकको ४ सय ७० रूपैयाँ र ८०० ग्राम प्याकको ९ सय रूपैयाँ उपभोक्ता मूल्य तोकिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०८१ १९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App