ग्लोबल टेक्नोलोजी ब्रान्ड अनरले बजेटमैत्री ग्राहकहरूका लागि बनाइएको नयाँ अनर एक्स७सी फोरजी बजारमा ल्याउने भएको छ।
टिकाउपन, लामो ब्याट्री क्षमता र उत्कृष्ट फोटोग्राफी विशेषतासहित यो स्मार्टफोन ग्राहकका लागि बलियो र किफायती हुने कम्पनीको दाबी छ।
अनर एक्स७सी फोरजी मा ५-स्टार ड्रप रेजिस्टेन्स र एसजीएस प्रिमियम परफर्मेन्स सर्टिफिकेसन रहेको कम्पनीले जनाएको छ। जसमा कुशनिङ आर्किटेक्चर र टेम्पर्ड ग्लास स्क्रिनले दैनिक झट्कालाई सहजै सहन सक्छ।
आईपी६४ रेटिङले यसलाई धुलो र पानीका छिटाबाट सुरक्षित राख्ने बताउँदै कम्पनीले हरेक वातावरणका लागि उपयुक्त बनाउने दाबी गरेको छ।
अनर एक्स७सी फोरजी मा ६००० एमएएचको ब्याट्री रहेको बताउँदै कम्पनीले २८.५ घण्टासम्मको स्ट्रिमिङ वा २१.५ घण्टासम्मको भिडियो प्लेब्याक समय प्रदान गर्ने दाबी गरेको छ। मोबाएलमा १०८एमपी एआई क्यामेरा प्रणालीले उत्कृष्ट फोटोग्राफी, २५६ जीबी इन्टरनल स्टोरेज र र्याबम टर्ब्रो टेक्नोलोजीले सहज मल्टिटास्किङ गर्ने बताउँदै उसले ६.७७ इन्चको इमर्सिभ डिस्प्ले रहेको जानकारी दिएको छ ।
प्रकाशित: २३ कार्तिक २०८१ १५:३२ शुक्रबार