१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय रूपैयाँ निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ८० रूपैयाँ निर्धारण भएको छ। 

प्रकाशित: २३ कार्तिक २०८१ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App