तिहारमा ढाका टोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरू सन्तुष्ट देखिएका छन्।
स्थानीय व्यापारी नहकुल सिलवालले यस वर्ष पनि तिहारमा भाइटिकाका लागि ढाका टोपीको व्यापार राम्रो भइरहेको उल्लेख गर्दै सन्तुष्टि व्यक्त गरेका हुन।
उनले गत वर्ष भन्दा यस वर्ष सो टोपीको मूल्य धेरै सस्तो भएको पनि जानकारी दिए। सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरू आएको व्यापारीहरूको भनाई छ।उनले ढाका टोपी नेपालको शान भएकाले त्यसको प्रयोग पनि बढ्दै गइरहेको प्रतिक्रिया दिए।
नेपालमा चाडपर्व दशैं/तिहार, विवाह, व्रतबन्धलगायतका उत्सवहरूमा ढाका टोपीको अधिक प्रयोग हुन्छ।विशेष गरी तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहारको रुपमा पनि ढाका टोपी दिने चलन अधिक रुपमा रहेको छ।
प्रकाशित: १७ कार्तिक २०८१ १४:४० शनिबार