सुनको मूल्य हालसम्मकै महँगो भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ। बुधबार प्रतितोला दुई हजार दुई सयले वृद्दि भई एक लाख ७० हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ७१ हजार रूपैयाँ निर्धारण भएको छ। बुधबारको तुलनामा आज प्रतितोला तीन सय रूपैयाँले बढेको हो।
यस्तै चाँदीको मूल्य तोलामा ३० रूपैयाँले घटेको छ। बुधबार प्रतितोला दुई हजार एक सय २० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि दुई हजार ९० रूपैयाँ निर्धारण भएको छ।
प्रकाशित: १५ कार्तिक २०८१ १२:२९ बिहीबार