८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

सूर्यदर्शन सहकारी पीडित भन्छन्: रास्वपाले हाम्रो भावनामाथि खेलवाड गर्‍यो

सूर्यदर्शन सहकारी बचत पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूको सङ्घर्षलाई दबाउन खोजेको बताएका छन्।

बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सूर्य दर्शन सहकारी बचत पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूको सङ्घर्षलाई दबाउन खोजेको बताएका हुन्।

आफूहरू सहकारीको बचत रकम फिर्ताको मागसहित आन्दोलित भएको भन्दै उनीहरुले रास्वपाले समेत सोही नारा बोकेर पीडितहरूको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन्।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी संस्थाका बचत पीडित गोकर्ण बरुवालले आफूहरू बचत रकम फिर्ताको मागसहित आन्दोलित भएको बताए।

उनले रास्वपाले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि सहकारी पीडितको आवाज बोलेजस्तो गरेको आरोप लगाए।

सूर्यदर्शन बचत पीडित सङ्घर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले आफूहरू कुनै राजनीति पार्टीसँग सम्बन्धित नभएको भन्दै आफूहरूले बचत फिर्ताको माग राखेर आन्दोलन गरिरहेको सुनाए। उनले आफूहरूको बचत छिटोभन्दा छिटो फिर्ता गराउन सरकारसँग माग गरे।

सूर्यदर्शन सहकारी बचत पीडित सङ्घर्ष समितिका सचिव दुर्गानाथ न्यौपानेले पक्राउ पर्न बाँकी रहेका सहकारी ठगहरूलाई तुरुन्त पक्राउ गर्न माग गरे। उनले उनीहरूको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गराउनका लागि आफूहरूले सरकारलाई दबाब दिइरहेको बताए।

त्यसैगरी सूर्यदर्शन सहकारी बचत पीडित प्रेमप्रसाद रेग्मीले बाहिरी जिल्लाबाट पोखरामा आएका रास्वपाका कार्यकर्ताले सहकारी पीडितको घर–घरमा पुगेर आश्वासन दिइरहेका भन्दै खेद व्यक्त गरे।

उनले रास्वपा कार्यकर्ताले आफ्नो सभापति अनुसन्धानमा तानिएपछि मात्रै सहकारी पीडितको न्यायको लागि बोलेर आफूहरूको सङ्घर्षलाई अन्तै मोड्ने काम गरिएको बताए। 

प्रकाशित: ७ कार्तिक २०८१ १८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App