१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

मर्मतपछि वाइडबडी विमान इटालीबाट नेपाल फर्कियो

फाइल तस्बिर

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान मर्मतपछि विहीबार काठमाडौं आइपुगेको छ।

गत असार ८ मा विमानको विस्तृत परीक्षण विस्तृत परीक्षण (सी–चेक) का लागि इटाली गएको एन एएलवाई कलसाइनको उक्त विमान करिब साढे दुई महिनापछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको ए–३३० (अन्नपूर्ण) विमान विहीबार बिहान ८ बजेर ३६ मिनेटमा काठमाडौं अवतरण गरेको छ। 

योसँगै लामो दूरीका जापानलगायत अन्य अन्तर्राष्ट्रिय उडानमा तीन विमानको उडानमार्फत यात्रुलाई थप सेवा दिने विश्वास छ।

निगमको अर्को वाइड बडी विमान पनि सी–चेकका लागि इटाली गएको छ। निगमले २२ जुन (असार ८) मा इटलीमा मर्मतका लागि पठाएको थियो।

निगमसँग अन्तर्राष्ट्रिय उडानमा रहेका चार एयर बसमध्ये हाल दुई न्यारोबडी मात्रै उडानमा थिए। एक वाइडबडी थपिएपछि अब तीन विमानमार्फत अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख  गरेको छ।

प्रकाशित: २७ भाद्र २०८१ ११:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App