१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

कृषि एक्स्पोको तयारी पुरा

मोरङको कटहरी गाउँपालिका स्थित महेशपुरमा आयोजना हुने कृषि एक्स्पोको तयारीका विषयमा जानकारी दिँदै आयोजक । तस्बिर: चुमन बस्नेत/ नागरिक

मोरङको कटहरी गाउँपालिका स्थित महेशपुरमा आयोजना हुन लागेको कृषि एक्सपोको तयारी पुरा भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि एक्सपोको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो  । कटहरी १ स्थित कृषि थोक बजारमा यही भदौ २७ गते देखी ३० गतेसम्म कृषि एक्स्पो आयोजना हुँदैछ ।

पत्रकार सम्मेलनमा  नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोसी प्रदेश कृषि क्षेत्रबाट मात्रे  केन्द्रको जिडिपीमा २२ प्रतिशत र प्रदेशमा ३३ प्रतिशत योगदान गरिरहे पनि यो क्षेत्र अपेक्षा अनुसार  अघि बढ्न नसकेको बताए  । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै प्रर्बधन गर्न सकिए आयातलाई प्रतिस्थापन गरेर निर्यात प्रर्बधन गर्न सकिने उद्देश्य सहित एक्स्पो आयोजना गर्न लागिएको राउतले बताए । एक्स्पोमा भारतको विहार र पश्चिम वंगालबाट समेत कृषिका २० वटा स्टल आउने भएका छन् । भारतका स्टलमा ड्रोन लगायतका आधुनिक प्रविधि र कृषिका आधुनिक उपकरणको माध्यमबाट कसरी व्यावसायिक खेती गर्न सकिन्छ भन्ने जानकारी पनि  नेपाली किसानले पाउने राउतले बताए ।

एक्सपोमा ५ वटा ब्लकमा जम्मा १ सय ३० वटा स्टलहरू रहने छन् । जसमा ए ब्लकमा पशुपंक्षि,बि मा कृषि,सी मा मेशिनरी,डी ब्लकमा फुड स्टल र ई मा गोष्ठी तथा परामर्श सेवा राखिएको छ । एक्सपोमा कृषि ज्ञान केन्द्र,१३७ स्थानीय तह सहित किसान,कृषि व्यवसायी र सहकारी भारतबाट आमन्त्रित २० वटा कृषि उपकरण तथा औजार सम्बन्धी स्टलहरू रहने जनाइएको छ । 

एक्सपोको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट  गराउने गरि पहल भइरहेको आयोजक समितिले जनाएको छ । उद्घाटन कार्यक्रममा भारत बिहार राज्यका कृषि मन्त्री लगायत बीज विभागको सहभागिता रहने जनाइएको छ । एक्सपोमा प्रवेश निःशुल्क राखिएको छ भने बाहिरबाट आउने किसानहरूका लागि निःशुल्क भोजन तथा आवासको व्यवस्था समेत गरिएको छ । कुल १ सय ३० मध्ये ७० प्रतिशत स्टलहरू साना किसानहरूलाई निःशुल्क उपलब्ध गराइएको आयोजक समितिले जनाएको छ । एक्सपोलाई कोसी प्रदेश सरकार सहित,विराटनगर महानगरपालिका,कटहरी गाउँपालिका र विभिन्न वित्तीय संस्थाहरूले सहयोग गरेका छन् । 

प्रकाशित: २५ भाद्र २०८१ २०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App