१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

नेपाली अटो क्षेत्रमा लामो समयदेखि सेवा पुर्याउदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुका लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा रहेको छ ।  

हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरेको लक्ष्मी ग्रुपले जनाएको छ । सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्री परीक्षण गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्री बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुनेछ। सेन्टरमा सबै प्राविधिकहरु इभी सर्टीफाइड दक्षता हासिल गरेका छ्न्।

सर्भिस सेन्टरमाईभि चार्जिङ पोइन्ट, यथेष्ठ पार्किंग सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बे हरु जडान गरिएको छ।

ग्राहकको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै लक्ष्मी न्यू इनर्जी सर्भिसले आफ्ना ग्राहकवर्गहरुको सहजता र सहुलियतताका लागि सो स्टेसन सञ्चालन मा ल्याएको हो।

प्रकाशित: २५ भाद्र २०८१ १७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App