१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सेयर बजारमा नेप्सेसँगै कारोबार पनि घट्यो

सेयर बजार लगातार घट्दै गएको छ । अघिल्लो हप्ता बुधबार र बिहीबार घटेको नेप्से यो हप्ता लगातार तेस्रो कारोबार दिन मंगलबार पनि घटेको छ । मंगलबार नेप्से १३.०९ अंकले घटेर  २६३२.९४ अंकमा कारोबार बन्द भएको छ । सोमबार नेप्से परिसूचक २६४६.०३  तथा आइतबार २७२७.३६ अंकमा रहेको थियो ।

त्यसैगरी मंगलबार नेप्से घटेसंगै कारोबार पनि घटेको छ । मंगलबार ६७ कम्पनीको मूल्य बढ्दा १७० कम्पनीको मूल्यमा गिरावट आएको छ भने  ८ कम्पनीको मुल्य यथावत रहेको छ ।  

सोमबार ३२८ कम्पनीको  १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ९३ हजार ४५९  पटक खरिद विक्री हुँदा ७ अरब २४ करोड ५५ लाख ६८ हजार ४२१ रुपैया बराबरको कारोबार भएको छ।  

यसअघि  सोमबार ३२७ कम्पनीको  २ करोड १० लाख ४८ हनार ९११ कित्ता शेयर १ लाख ११ हजार ९८६  पटक खरिद विक्री हुँदा ९ अरब ४३ करोड ९१ लाख ०६ हजार ४२५ रुपैया बराबरको कारोबार भएको थियो ।  

मंगलबार मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ९.९० प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाई मूल्य सर्वाधिक ८.८२ प्रतिशत घटेको छ।

प्रकाशित: २५ भाद्र २०८१ १५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App