३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

शेयर बजारमा ९०.७३ अंकले गिरावट,नेप्से २७३९.४६ अंकमा

धितोपत्र बजार शेयर कारोबारमा लगातार दुई दिन बढेको नेप्से बुधबार  ९०.७३ अंकले गिरावट आएको छ ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव  २० अंकले  घटेर दुई हजार सात सय  ३९  दशमलव ४६ अंकमा झरेको छ । मंगलबार  नेप्से २८३०.१६ अंक रहेको थियो ।  

 बुधबार १२अर्ब ९२ करोड ५६ लाख८८हजार २१५ बराबरको कारोबार भएको छ ।अघिल्लो कारोबार दिन अर्थात  मंगलबार १३ अर्ब ४० करोड  ९,६ लाख  १५ हजार २८८ बराबरको कारोबार भएको थियो  ।

बुधबार ३२० वटा कम्पनीको कारोबार हुँदा  ३१ कम्पनीको शेयर मुल्य बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ । त्यसैगरी १ कम्पनी शेयर मुल्य स्थीर रहेको छ । 

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५.१५ प्रतिशतले घटेको छ भने होटल उपसमूहको सूचक पनि ४ प्रतिशतले घटेको छ। माइक्रोफाइनान्स उपसमूहको सूचक भने सबैभन्दा कम १ प्रतिशतले मात्र घटेको छ।

घटेको बजारमा पनि ५ वटा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लागेर बढेको छ। यस दिन एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने इष्टन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ।

गुडविल फाइनान्सको शेयरमूल्य ८.७३ प्रतिशतले घटेको छ भने हिमालयन पावर पाटनरको ७.६३ प्रतिशत र सुपर माइ हाइड्रोपावरको ७.४८ प्रतिशतले घटेका छ।

बुधबार नेपाल फाइनान्सको ३० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाख, हिमालयन रि इन्स्योरेन्सको २९ करोड ८० लाख, एनएलजी इन्स्योरेन्सको २८ करोड ३३ लाख र सानिमा रिलायन्स इन्स्योरेन्सको २८ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रकाशित: १९ भाद्र २०८१ १५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App