२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
अर्थ

लेखा समितिले धितोपत्र बोर्डलाई दिएको निर्देशन विरुद्ध अर्थ समितिमा उजुरी

सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डलाई दिएको निर्देशन विरुद्ध अर्थ समितिमा उजुरी परेको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै समिति सभापति सन्तोष चालिसेले सो कुराको जानकारी दिएका हुन ।

उनले सार्वजनिक लेखा समितिले २०८० पुस १२ गते नेपाल धितो पत्र बोर्डलाई प्रतिशेयर नेटवर्क ९० भन्दा बढी भएका कम्पनीलाई मात्र प्राथमिक शेयर (आइपिओ)जारी गर्ने व्यवस्था मिलाउन दिएको निर्देशन विरुद्ध समितिमा उजुरी परेको बताए ।

उनले लेखा समितिले धितो पत्र बोर्डलाई ९० भन्दा कम नेटवर्क भएको कम्पनीलाई आइपिओ निष्कासन गर्न रोक लगाउन निर्देशन दिएकाले पुँजी बजार तथा लगानीकर्तामा ठुलो निराशा छाएको भन्दै समितिमा उजुरी परेको बताए । उनले धितो पत्र बोर्ड अर्थ समितिको कार्यक्षेत्रभित्र पर्ने भएका कारण यस विषयमा छलफल गर्न आवश्यक देखिएको बताए ।

सार्वजनिक लेखा समितिले प्रिमियममा आइपिओ जारी गर्न दिँदा बोर्डको तजबिजी अधिकार प्रयोग भएको र पछिल्लो समय बजारमा लगानीकर्ताको प्रतिस्पर्धाबाट मूल्य निर्धारण गरिने ‘बुक बिल्डिङ’ प्रक्रिया अन्तर्राष्ट्रिय अभ्यासको रुपमा रहेको लेखा समितिको निर्देशन थियो। 

प्रकाशित: १८ भाद्र २०८१ १५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App