३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

शेयर बजार झिनो अंकले बृद्धि ,नेप्से २८३०.१६ अंकमा

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ  ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ३० दशमलव १६ अंकमा पुगेको छ । अघिल्लो कारोबार सोमबार नेप्से २८२३.२५ अंक रहेको थियो ।

मंगलबार सेन्सेटिभ इण्डेक्स ०.२१ अंक र फ्लोट इण्डेक्स ०.२८ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ।

मंगलबार १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २८९ रुपैयाको कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात  सोमबार  १२ अर्ब ९१ करोड ३७ लाख ७९ हजार ३१४ को शेयर खरिदबिक्री भएको थियो ।

मंगलबार ३२८ वटा कम्पनीको कारोबार हुँदा १०६ कम्पनीको शेयर मुल्य बढेको छ भने १३३ कम्पनीको शेयर मुल्य घटेको छ । त्यसैगरी ५ वटा कम्पनीको कारोबारमा कुनै परिवर्तन भएको छैन । 

नेप्से सामान्य अंक बढेपनि यस दिन ११ उपसमूहको परिसूचक सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, विन्ध्यबासिनी हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको हिमालयन पावर पार्टनरको शेयरमूल्य भने यस दिन सर्वाधिक ८.८६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा  मंगलबार एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३४ करोड ७२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन गुडविल फाइनान्सको साढे २९ करोडको शेयर कारोबार भएको छ भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

प्रकाशित: १८ भाद्र २०८१ १५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App