३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

शेयर बजार १२७.३२ अंकले बढ्यो ,नेप्से २८२३.२५ अंकमा

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १२७.३२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ७२ अङ्कले बढेर दुई हजार आठ सय २३ दशमलव २५ अंकमा पुगेको छ ।अघिल्लो कारोबारमा नेप्से २६९५.९३ अंक रहेको थियो ।

सोमबार  सेन्सेटिभ इण्डेक्स ४.७७ अंक र फ्लोट इण्डेक्स ४.८६ अंक बढेको छ  । त्यसैगरी  सेन्सेटिभ फ्लोट इण्डेक्स ५.१६ अंकले  बढेको छ ।

सोमबार  १३ अर्ब १०  करोड ४६ लाख ३१  हजार ८०२ ०रुपैयाको कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात  आइतबार   १० अर्ब ३३ करोड ६७ लाख ३७ हजार २२७ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

सोमबार  ३३५  वटा कम्पनीको कारोबार हुँदा २३९  कम्पनीको शेयर मुल्य बढेको छ भने ५   कम्पनीको शेयर मुल्य घटेको छ । 

सोमबार  करिब १ दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  नेशनल हाइड्रोपावर, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाई हाइड्रोपावर, दोल्टी पावर लगायतका स्टकहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको लक्ष्मी उन्नती कोषको इकाईमूल्य यस दिन सर्वाधिक ४.७१ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा तल रहेको छ।

कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन अपि पावरको करिब ४२ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.९४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित: १७ भाद्र २०८१ १५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App