३० भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ।

गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०८१ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App