२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

रास्वपाको राष्टिय भेलामा मिसन ८४ बारे छलफल हुने

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) को राजधानीमा हुने राष्टिय भेलामा मिसन ८४ बारे छलफल हुने भएकाे छ।

नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले असोज १ र २ गते रास्वपाको राष्टिय भेलाको सन्दर्भ विषयमा आइतबार भक्तपुरमा गरेको अन्तरक्रियामा पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भेलामा मिसन २०८४ काे विषयमा व्यापक छलफल हुने बताए। उनले स्थानीय र संसदीय निर्वाचनमा पार्टीलाई बलियो रूपमा कसरी लाने भन्ने विषयमा छलफल हुने बताए।

अन्तरक्रियामा पार्टीका सांसद एवं पूर्व मन्त्री डा. तोसिमा कार्कीले आफूहरू शासक हुन नभई जनताको सेवा गर्न राजनीतिमा आएको बताइन्। त्यसकारण अवको चुनावमा पार्टीलाई जिताउनुपर्ने उनले आवश्यकता औंल्याइन्।

प्रकाशित: ३० भाद्र २०८१ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App