२९ भाद्र २०८१ शनिबार
image/svg+xml
अर्थ

घट्यो सुनचाँदीको मूल्य

 स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो दिन १ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो।  

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

प्रकाशित: १४ भाद्र २०८१ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App