३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

सेयर बजार ओरालो लाग्ने क्रम जारी : १११ अंकले घट्यो नेप्से

साताको तेस्रो कारोबार मंगलबारका दिन नेप्से १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा बन्द भएको छ ।

यो अघिल्लो दिनको तुलनामा ३ दशमलव ८६ प्रतिशतले घटी हो । मंगलबार  तीन सय ३० कम्पनीको कारोबार भएको छ।

मंगलबार तीन सय ३० कम्पनीको ४ करोड ३८ लाख ६८  हजार ९ सय ७० कित्ता शेयर २ लाख ३४ हजार  ३६० पटक खरिद बिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १ सय ७७  बराबरको कारोबार भएको छ।

मंगलबार २२३ कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । जम्मा २० वटा कम्पनीको मात्र मूल्य बढेकोमा एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । 

मंगलबार कारोबारमा आएकामध्ये १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने होटल उपसमूहको सूचक मात्र सकारात्मक देखिएको छ। मंगलबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लगानी उपसमूहको सूचक ४ प्रतिशत भन्दा धेरैले घटेको छ।

तारागाँउ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

 नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने रिडी हाइड्रोपावरको ८.५८ प्रतिशत र नेश्नल हाइड्रोपावरको ७.६७ प्रतिशतले घटेको छ।

मंगलबार हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ६५ करोड ४२ लाख, अपी पावरको ५१ करोड ७५ लाख र अरुण भ्याली हाइड्रोपावरको ४५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रकाशित: ११ भाद्र २०८१ १५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App