४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
अर्थ

कहाँकहाँ छन् इभी चार्जिङ स्टेसन?

विद्युतीय सवारी साधनको बिक्री वृद्धि भएसँगै इभी चार्जिङ स्टेसन निर्माणले पनि तीव्रता पाएको छ। विद्युतीय सवारी प्रयोग गर्नेहरूका लागि सबैभन्दा चिन्ताको विषय लामो यात्रामा निस्किँदा चार्ज कसरी गर्ने ? भन्ने हो तर विद्युतीय सवारी साधन बिक्रेता कम्पनी र नेपाल विद्युत् प्राधिकरणले मुलुकका प्रमुख सहर र राजमार्गमा धमाधम चार्जिङ स्टेसन निर्माण गरेका छन्।

नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न ठाउँमा ६२ वटा इभी चार्जिङ स्टेसन निर्माण गरेको छ। त्यसैगरी, नेपालमा विद्युतीय सवारी साधन बिक्री गरिरहेका कम्पनीका बिक्रेताले पनि मुलुकका प्रमुख सहरहरूमा धमाधम चार्जिङ स्टेसन निर्माण गरेका छन्। विद्युतीय गाडीको आक्रामक बजार विस्तार गरिरहेका एमजी, हुन्डाई, बीवाइडी, टाटा, किया लगायतका ब्रान्डले चार्जिङ स्टेसन निर्माण गरेका छन् ।

विद्युतीय सवारीको चाप बढेसँगै विद्युत् प्राधिकरणले पनि चार्जिङ स्टेसन निर्माणलार्ई प्राथमिकता दिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म ६२ वटा चार्जिङ स्टेसन निर्माण गरिएको छ अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसआइडी) अन्तर्गतको ऊर्जा नेपाल कार्यक्रमको सहयोगमा निर्माण गरिएको हो।

युएसआइडी ऊर्जा नेपालको तीन लाख ४६ हजार तीन सय १५ डलर सहयोगमा यात्री डिजाइन स्टुडियो र इस्टप लिमिटेडले आँबुखैरेनी, कुरिनटार, चरौंदी, काठमाडौं, दोलखा र धुलिखेलमा गरी कुल २३ वटा चार्जिङ स्टेसन निर्माण गरेको थियो। प्राधिकरणले धादिङको धार्के, चितवनको मुग्लिङ, काठमाडौं उपत्यकाको साझा सेवा बल्खु, साझा सेवा पुल्चोक, नेपाल विद्युत् प्राधिकरण रत्नपार्क, नेपाल पुलिस क्लब, भृकुटीमण्डप, प्रहरी पेट्रोल पम्प सामाखुसीमा चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालनमा ल्याएको छ।

त्यसैगरी, पारस बसपार्क चितवन, सिन्धुलीको खुर्कोट, सिन्धुली बसपार्क, इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरी, हरिवन सर्लाही, इनरुवा वसपार्क सुनसरी, प्रहरी पेट्रोल पम्प लहान सिराहा, कालिका फ्युल सेन्टर पोखरा कास्की, दमक बसपार्क झापा, सुर्खेत बसपार्क सुर्खेत, हेटौंडा रातामाटे मकवानपुर, विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुर, बेगनास ताल पोखरा, बुटवल बसपार्क रूपन्देही, इटहरी सुनसरी, विराटनगर मोरङ, कोहलपुर नयाँ बसपार्क बाँके, धनगढी कैलाली, त्रिशुली हावाघर नुवाकोट, बट्टार त्रिशूली नुवाकोट, कुश्मा पर्वत, लमही बसपार्क दाङ, लम्की कैलालीमा प्रािधकरणले इभी चार्जिङ स्टेसन बनाएको छ। त्यसैगरी, बनेपा काभ्रे, थानकोट काठमाडौं, भरतपुर बसपार्क चितवन, वीरगन्ज बसपार्क पर्सा, अत्तरिया बसपार्क कैलालीमा पनि इभी चार्जिङ स्टेसन रहेको छ।

मोबाइल इभी चार्जिङ स्टेसनसमेत निर्माण गरिएको छ। नेपालकै पहिलो मोबाइल इभी चार्जिङ स्टेसन तयार गरिएको हो। सडकमा चार्ज सकिएर अलपत्र परेका सवारी साधनको उद्धार गर्न यो बढी उपयोगी हुने विश्वास गरिएको छ ।

प्राधिकरणले मात्र नभएर निजी क्षेत्रले पनि चार्जिङ स्टेसन निर्माण गरेका छन्। विशेष गरी इभी गाडी बिक्रेता कम्पनीले चार्जिङ स्टेसन बनाएका हुन्।

नेपालमा विद्युतीय गाडीको आक्रमक बजार विस्तार गरिरहेका एमजी, हुन्डाई, बीवाइडी, टाटा, किया लगायतका ब्रान्डले चार्जिङ स्टेसन निर्माण गरेका छन्  

बिवाइडीले ४० किलोवाट क्षमताको चार्जर, टाटाले ३० किलोवाट क्षमताको चार्जर , एमजीले ३० किलोवाट क्षमताको चार्जर राखेका छन्।

सबैभन्दा धेरै चार्जिङ स्टेसन हुन्डाईको विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बनाएको छ। मुलुकका विभिन्न स्थानमा चार्जिङ सुविधा उपलब्ध गराएको छ। उपत्यकाको थापाथली स्थित इभी सोरुम र हुन्डाई सेल्स थापाथली, तिनकुनेमा रहेको सर्भिस सेन्टर, कुपन्डोल सर्भिस सेन्टर, धापासी सर्भिस सेन्टर, भक्तपुर सर्भिस सेन्टर, पुल्चोकमा रहेको लाविम मल, न्यू शिब सर्भिस सिनामंगल, हुन्डाई सेल्स नक्साल लगायतका स्थानमा निर्माण गरेको छ।

त्यसैगरी, पोखरामा रहेको बाराही सर्भिस सेन्टर, विन्ध्या सर्भिस सेन्टर, पोखरा ग्रान्ड होटल, वाटर फ्रन्ट होटल र होटल बाराहीमा हुन्डाईले चार्जिङ स्टेसन बनाएको छ। त्यसैगरी, हुन्डाईले रोयल अटो वल्र्ड विराटनगर, एलायन्स मोटर्स विर्तामोड, पाथिभरा अटो लिंक इटहरी, होटल नेपालीरिका विराटचोक, होटल किङ्सबुरी विर्तामोड, अर्किड मोटोकर्प वीरगन्ज, होटल विश्व वीरगन्ज, होटल डेभोटेड धनगढी, होटल पौवा भालुवाङ, पिनाकल सर्भिस भरतपुर, सिद्धार्थ रिसोर्ट चिसापानी, दिनेश फोर ह्विल धनगढी, सिद्धार्थ होटल धनगढी, हिम इन्टरकन्टिनेन्टल नेपालगन्ज, न्यु राइडर अटो वल्र्ड दाङमा पनि चार्जिङ सुविधा उपलब्ध गराएको जनाएको छ।

हुन्डाईले सिद्धार्थ विनायक सर्भिस बुटवल, होटल डेफेलमिङ्गो बुटवल, जगत मोटर भैरहवा, बोदी रेड सन् भैरहवा, रोयल सेन्चुरी होटल भरतपुर, केसीज् रेष्टुरेन्ट एन्ड होम सौराहा, अक्षित रेष्ट्रो मुलकोट, हेटौडा ह्विल्स हेटौडा, एभकाडो एन्ड अर्किड रेष्टुरेन्ट हेटौडामा चार्जिङ नेटवर्क विस्तार गरेको जनाएको छ।

त्यसैगरी हुन्डाईले पनि चार्जर स्टेसन बनाएको छ । इलेक्ट्रिक बस सञ्चालन गरिरहेको सुन्दर यातायातले आफ्नो ग्यारेजमा र दिगो यातायातले पनि हाइवेका केही ठाउँमा चार्जिङ स्टेसन बनाएका छन्। बिवाइडीले उपत्यकासहित काठमाडौं बाहिर पनि चार्जिङ नेटवर्क बनाएको छ । बिवाइडीले बौवा होटल बर्दिवास, चितवनको बिवाइडी सोरुम, बेलबारी इटहरी, प्राधिकरण कार्यालय पोखरा, बिवाइडी सोरुम दाङ, नमस्ते भिलेज रिसोर्ट नेपालगन्ज, डुम्म्रेको पेट्रोल पम्प, कुस्मा बजार लगायतका स्थानमा चार्जिङ स्टेसन बनाएको छ।

विद्युतीय सवारी आक्रामक रूपमा बिक्री गरिरहेको एमजीले पनि विभिन्न स्थानमा सात किलोवाटको एसी चार्जर जडान गरेको छ। एमजीले पोखरा, चितवन, बुटवल, वीरगन्ज, विराटनगर, झापा लगायतका स्थानमा स्थानमामा चार्जर राखेको छ। पोखराको सोरुम, होटल ल्यान्डमार्क र टेम्पल ट्री रिसोर्ट एन्ड स्पामा सात किलोवाटको चार्जर जडान गरेको छ।

चितवनको एमजी सोरुम, ल्यान्डमार्क फरेष्ट पार्क होटल र रोयल सेन्चुरी होटलमा चार्जिङ स्टेसन राखेको छ। एमजीले बुटवलको सोरुम, वीरगन्ज मकालु होटल, बर्दिवासको गुन्ज होटल, ढल्केबरको कोमल होटल, विराटनगरको सोरुम, विर्तामोडको सोरुम र मुल्कोटको अक्षित रिसोर्ट एन्ड राफ्टिङमा चार्जिङ सुविधा उपलब्ध गराएको छ ।

त्यसैगरी, टाटा मोटर्सले पनि विभिन्न ठाउँमा चार्जर स्टेसन बनाएको छ। टाटाले इटहरी, काठमाडौं, मुलकोट, ढल्केवर, चुम्लिङटार, पोखरा, हेटौडा, भैरहवा, नारायणगढ, झापा विर्तामोड, लमही, कोहलपुर, अत्तरिया, लाहान लगायतका स्थानमा चार्जिङ स्ेटेसन निर्माण गरेको छ।

प्रकाशित: ११ भाद्र २०८१ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App