६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एसइई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना

काठमाडौं– एनसेल प्राइभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएका परीक्षार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ल्याएको छ।

यो योजनाअन्तर्गत परीक्षार्थीले एक रुपैयाँमा एनसेलको प्रिपेड सिम खरिदसँगै पहिलो रिचार्जमा आइफ्लिक्स भिडियो स्ट्रिमिङ र माइफाइभ सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।
सोमबार (आज)बाट लागू हुने यो योजनामा परीक्षार्थीले विशेष र सुलभ डेटा प्याक तथा हरेक रिचार्जमा बोनस डेटा र एसएमएससमेत प्राप्त गर्न सक्नेछन्।

एसइई परीक्षाका परीक्षार्थीले आफ्नो प्रवेशपत्र र अभिभावकको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्ने कम्पनीले जनाएको छ । यो योजना सुरु भएको दिनदेखि ९० दिन सम्मको लागि मान्य रहनेछ ।
 

प्रकाशित: १९ चैत्र २०७४ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App