२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शेयर बजार ओरालो लाग्यो, कारोबार भने १९ अर्ब बराबरको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार घटेर ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव छ आठ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ अंकमा झरेको छ । अघिल्लो कारोबारमा नेप्से २९७४.४६ अंक रहेको थियो ।  

नेप्से घटे पनि कारोबार भने १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० रुपैयाको कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थातगत बिहीबार १९ अर्ब १६ करोडको शेयर खरिदबिक्री भएको थियो । 

आइतबार ३३३ वटा कम्पनीको कारोबार हुँदा  ५९ कम्पनीको शेयर मुल्य बढेको छ भने १८५ कम्पनीको शेयर मुल्य घटेको छ । 

यस दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक १.०८ प्रतिशत बढेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक ३.८३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, वित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने धौलागिरी लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८४ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन रि इन्स्योरेन्सको करिब साढे ७३ करोडको शेयर कारोबार भएको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको करिब ५२ करोडको शेयर किनबेच भएको छ।

प्रकाशित: ९ भाद्र २०८१ १५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App