१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

‘विद्यार्थी बाट मात्रै डेढ खर्बभन्दा बढी विदेशी मुद्रा बाहिरियो’

फाइल तस्बिर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले वार्षिक डेढ लाख भन्दा बढी विद्यार्थी देशबाहिर जाँदा डेढ खर्बभन्दा बढी विदेशी मुद्रा नेपालबाट बाहिरिनु चिन्ताको विषय भएको बताएका छन् । 

सोमबार केन्द्रीय समिति बैठकमा बोल्दै चौधरीले विद्याथीहरु जाने बेलामै नफर्किने मानसिकता बोकेर देश छोड्ने भएकाले यसले विदेशमा कस्तो गुणस्तरको शिक्षा प्राप्त गरिरहेको छ भन्नेमा हामीले कत्ति पनि ध्यान दिन नसकेको धारणा राखेका छन् ।उनले करिब एक करोडको हाराहारीमा नेपालीहरू देश बाहिर छन्, तिनहरूमध्ये अधिकांश खुसीले होइन, बाध्यताले बिदेसिएकाले उनीहरूलाई स्वदेश फर्काउन हामीले गम्भीर रुपमा सोच्नु पर्ने बेला आएको बताए । 

केन्द्रीय सदस्य विनोदले ८० प्रतिशतभन्दा बढी लगानीको अभिभारा बोकेको निजी क्षेत्र यति बेला अत्यन्तै निराश छ, त्रसित छ । कुन पार्टीले निजी क्षेत्रको आकांक्षा, सपना र भोलिको नेतृत्व गर्दैछ भन्ने कुरामा अन्योल  छ । निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो  ? कांग्रेसले यो अवसर गुमाउने त होइन भन्ने चिन्ता लागेको धारणा पनि व्यक्त गरे । 

कांग्रेस र एमालेबिच भएको सहमति अनुसार सरकार अगाडि बढ्यो र हाम्रा अन्तर विरोध हटाउन सकियो भने यो पक्कै पनि मुलुककै लागि खुसीको समय हुने उनले बताए ।  केन्द्रीय सदस्य चौधरीले अर्थतन्त्रलाई राजनीतिको केन्द्रबिन्दु बनाउनु पर्ने धारणा राखे । 

प्रकाशित: २८ श्रावण २०८१ १४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App