२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। 

बिहीबार सुन तोलाको १६ सयले बढेर एक लाख ४९ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यस अघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो।

त्यस्तै,  बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा काराेबार भइरहेको छ।

त्यस्तै,बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला २० रुपियाँले बढेर तोलाको १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: १७ श्रावण २०८१ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App