स्थानीय बजारमा शुक्रबार अर्थात् साताको कारोबारको अन्तिम दिन सुनको मूल्य ३०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ३०० घटेर १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको हो।
तेजाबी सुन तोलामा १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ।
यस्तै,चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ७३० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित: ११ श्रावण २०८१ ११:०१ शुक्रबार