१९ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सामसङ इनोभेसन क्याम्पसका विद्यार्थीलाई फ्युचर–टेक कोर्समा तालिमको प्रमाणपत्र प्रदान

सामसङले आफ्नो प्रमुख सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एण्ड प्रोग्रामिङ पूरा गरेकोमा त्रिभुवन विश्वविद्यालय विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले त्रिविको इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीलाई प्रमाणपत्र दिएको हो ।

५३ जना विद्यार्थीहरूलाई कोर्स उत्तीर्ण गरेको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा आयोजित समारोहमा प्रदान गरिएको थियो । जसमा सामसङ नेपाल कार्यालयका प्रमुख, इन सु किम र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शशिधर राम जोशी, साथै सहायक डीन विनोद कुमार भट्टराईरसहायक डीन सुरज लामिछाने र पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख डा.इन्द्रप्रसाद आचार्यले उपस्थिति जनाएका थिए ।

सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम, सामसङ इनोभेसन क्याम्पसको उद्घाटन सन् २०२३ को डिसेम्बरमा गरेको थियो ।

प्रकाशित: २६ असार २०८१ १९:०० बुधबार