२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

नेपाली बजारमा सुन–चाँदीको मूल्य सोमवार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतवार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य हालसम्मकै उच्च थियो।

सोमवार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतवार प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

प्रकाशित: २४ असार २०८१ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App