२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सहज गर्छौंः अर्थ सचिव मरासिनी

फाइल तस्बिर

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बैङ्कहरूमा रहेको ६अर्ब लगानी योग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सरकारले सहज गर्ने बताएका छन्।

मंगलबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्दै सचिव मरासिनीले सो कुराको जानकारी गराएका हुन। उनले सरकारले पारदर्शी रुपमा नै बजारलाई चलायमान बनाउने पनि स्पष्ट पारे।

सचिव मरासिनीले अर्थ मन्त्रालयले बैङ्कमा भएको ६ सय अर्ब लगानीयोग्य रकमलाई नीतिगत रुपमा सहजिकरण गरी बजारमा जाने वातावरण बनाउने जानकारी दिए । कार्यक्रममा उनले  उक्त पैसा निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनैपनि कसर बाँकी नराख्ने उल्लेख गरे। 

उनले आर्थिक नीतिमा आवश्यक सुधार गरी बैङ्कहरूमा रहेको ६ सय अर्ब रुपैयाँ बजारमा जान सहज हुन बताए । सचिव मरासिनीले राजश्वमा दबाब परेको कारणले अर्थतन्त्रमा चुनौती रहेको धारणा राखे। 

प्रकाशित: ११ असार २०८१ १४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App