१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकलाई ‘बेस्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो।

बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवा आदिको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट भएको हो।

ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्यअमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोपक्षेत्रका उत्कृष्ट बैंकलाई सम्मान गरेको हो।

ग्लोबल फाइनान्सको यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक ग्लोबल आइएमई भएको जनाएको छ।

यस्तै बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२’ बाट पनि सम्मानित भइसकेको छ। साथै रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आइएमई बैंकको ‘ए’ रेटिङ प्राप्त गरेको छ। यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ।

प्रकाशित: ६ असार २०८१ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App