१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘गर्मी से बेहालः चलो रारा ताल’ कार्यक्रम शुभारम्भ

क्याप्सन: कार्यक्रमको शुभारम्भ गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत। तस्विर: गोविन्द केसी

भारतका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु र नेपाली पत्रकारहरुको संयुक्त टोली प्रचारप्रसारको लागि रारा जाँदैछन्। पत्रकार टोली कर्णालीको सुर्खेत, दैलेख, कालिकोट, जुम्लाका प्रमुख पर्यटकीय क्षेत्र हेर्दै रारा जान लागेको हुन्।

एक समाहरोहका बिच कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले पत्रकार टोलीको स्वागत गर्दै ‘गर्मीसे बेहालः चलो रारा ताल’ कार्यक्रमको शुभारम्भ समेत गरेका छन्। नेपाल फोटो पत्रकार महासंघको सहजीकरणमा ‘गर्मीसे बेहालः चलो रारा ताल’ नारासहित भारतीय पत्रकार तथा पर्यटन व्यवसायीहरुलाई रारा भ्रमण गराउन लागिएको हो।

दैलेखको पंचकोशी क्षेत्र, कालिकोटको खाँडाचक्र र तिलागुफा, सिजां हेर्दै टोली रारा पुगेर फर्कने कार्ययोजना रहेको नेपाल फोटो पत्रकार महासंघका बरिष्ठ सचिव तथा कार्यक्रम संयोजक हरिहरसिंह राठौरले बताए।

रारा भ्रमणमा जाने टोलीमा भारत र नेपालका पत्रकार तथा पर्यटन व्यवसायीहरु सहभागी हुने जनाइ्एको छ। नेपालबाट सहभागी पत्रकारहरुमा फोटो पत्रकारितामा आवद्ध रहेका छन्। कर्णाली प्रदेशमा भएका पर्यटन विकासका सम्भावना र पर्यटकीय गन्तव्यका बारेमा उजागर गर्न यो भ्रमणले सहयोग पुग्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले बताए।

कर्णाली क्षेत्रमा पर्यटनका माध्यमबाट विकास गर्न सकिने थुप्रै सम्भावना रहेकोले अहिलेको संयुक्त भ्रमण आयोजना गरिएको नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष हरि रेग्मीले बताए।

प्रकाशित: ३ असार २०८१ १०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App