सिटिजन्स बैंक र मूलपानीको ग्रान्ड नोरलिङ होटेल रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले ग्रान्ड नोरलिङ होटेल रिसोर्टका सेवाहरूमा १० प्रतिशतसम्म छुट पाउनेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।
प्रकाशित: ३० जेष्ठ २०८१ ०६:४८ बुधबार