१० भाद्र २०८१ सोमबार
image/svg+xml
अर्थ

धनगढीको श्रमाधान रोजगार मेलामा एक हजार बढीलाई रोजगार

दुई हजार बढीको आवेदन

सुदुरपश्चिम प्रदेशको धनगढीमा आइतवार सुरु भएको श्रमाधान रोजगार मेलाको पहिलो दिन एक हजार जनाले रोजगारी प्राप्त गरेका छन् । यसैगरी मेलामा २२ सय ५० जनाले रोजगारीका लागि आवेदन दिएका छन् । 

मेला अवलोकनका लागि आएका एक हजार युवाले रोजगारीका प्राप्त गरेका र हजारौले रोजगारीका लागि आवेदन दिएको श्रम रोजगार तथा सामाजिक स’रक्षा मन्त्रालयका उपसचिव बसन्त बोहोराले जानकारी दिए । 

मेलामा सुदुरपश्चिम प्रदेश नौ वटै जिल्लाबाट युवाहरु रोजगारीबारे जानकारी लिन तथा आवेदन दिन सहभागी भएका थिए । मेलामा रोजगारीबारे जानकारी लिने युवाहरु, निजी क्षेत्रका रोजगारदाता, रोजगार सम्बन्धी सरोकारवाला संघ संस्थाहरुको ठुलो उपस्थिति रहेको थियो । 

मेलामा आन्तरीक रोजगार सम्बन्धित निजी क्षेत्र, वैदेशिक रोजगार सम्बन्धी जानकारी गराउने सरकारी निकाय, सामाजिक सुरक्षा कोषबारे जानकारी गराउने उदेश्यका साथ ३७ वटा स्टलहरु रहेका छन् । 

प्रकाशित: २८ जेष्ठ २०८१ ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App