२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा

एनसेल आजियाटा लिमिटेडले तनहुँको दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टर सञ्चामलनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभवप्रदान गर्ने उद्देश्यका साथ ब्यास नगरपालिका–३, दमौलीको महर्षी चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको हो ।  

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी तपाईंकै लागि’ अनुरुप स्थापना गरिएको यो नयाँ सेन्टरबाट ग्राहकहरुले सबै किसिमका ग्राहक सेवा लिन सक्छन् ।  

एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रम माझ बिहिबार उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरे ।  

एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत यस नयाँ सेन्टरबाट लिन सकिन्छ । यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिलतिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।  

सेन्टर उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै चीफअफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले भने, 'हामीविगत १० वर्ष देखि दमौलीमा रहेर ग्राहक सेवाप्रदानगर्दै आएका छौं र गुणस्तरीय ग्राहक सेवाप्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरतादिनव्यस्तबजार क्षेत्रमाखोलिएको नयाँ सेन्टर संचालनमाल्याउनपाउँदाहामीहर्षित छौं । ग्राहक सेवाकालागि स्थानिय स्तरमा नै उपस्थितीजनाई हाम्राग्राहकहरुलाई ‘सधैं अन’ रहन सक्षमबनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्याउदै डिजिटल बन्न पे्ररित गर्नु हाम्रो उदेश्य हो ।'

रोड्रिगेजले कम्पनीको ‘सधैं अन’ योजना बारे नेपालमा नै पहिलो योजना भएको र यसले मोबाइल डेटामा प्याक सकिए पश्चात मेन ब्यालेन्स काटिने समस्या हटाएर सेवामा पहुँच अझ सहज र सुलभ बनाएको छ । 'सधैं अनले प्रयोगकर्ताहरूलाई आफ्नो मेन ब्यालेन्स काटिने डर नराखीआफ्नो डेटा सधैं अन राख्नमद्दतगर्दछ किनकिआजको डिजिटल युगमा धेरै कार्यहरू अनलाइनमार्फत नै गरिने हुनाले उनीहरू सधैं अनलाइन रहनु आवश्यक रहन्छ,' उनले भने ।

नयाँ सेन्टरले आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन ग्राहकलाई सेवाप्रदान गर्नेछ । यस अघि एनसेलले ट्राफिक चोक अगाडि दमौलीमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहजबनाई उत्कृष्ट ग्राहकअनुभवप्रदान गर्न एनसेलले देशकाविभिन्नभागमा ३० वटाभन्दा बढी एनसेल सेन्टरहरु संचालनगर्दै आएको छ ।

प्रकाशित: २४ जेष्ठ २०८१ १८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App