१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा ऐतिहासिक रेकर्डः तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ पुग्यो

स्थानीय बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम हुँदै हालसम्मकै उच्च रेकर्ड बनाएको हो।

अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज १ हजार ७ सय रुपैयाँले बढेको हो।

यस्तै,आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैबीच,चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले घट्दै १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित: १८ जेष्ठ २०८१ ११:१५ शुक्रबार

#Nepal Gold and Silver Traders Federation