४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेमा उत्साहजनक कारोबार, २७ दशमलब ५४ अंकको वृद्धि

कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्सेमा उत्साहजनक कारोबार भएको छ । नेप्से परिसूचक सोमबार २७ दशमलव ५४ अंकले बढेर २०९२ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा यो १.३३ प्रतिशतले बढी हो । 

सोमबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँ बराबरका १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर खरिद बिक्री भएको छ । ३१५ कम्पनीका ८० हजार ९८२ पटक कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार पनि नेप्सेमा उत्साहजनक कारोबार भएको थियो ।  

सोमबार क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७.३१ अंकले बढेर ३७४.०७ विन्दुमा पुगेको छ । सबैभन्दा बढी माइक्रो फाइनान्स कम्पनी र सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरको रहेको छ ।  

सर्वाधिक कमाउनेमा बैंकिङ सबइन्डेक्स रहेको छ । लाइफ इन्सुरेन्सको कारोबार भने सोमबार निराशाजनक रह्यो ।  

सोमबार कारोबारमा आएकामध्ये १ सय ३४ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ७ वटाको घट्यो र बाँकी ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रकाशित: ७ जेष्ठ २०८१ १५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App