७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

न्यूरो कार्डियो हस्पिटल र प्रभु बैंकबीच छुट सम्झौता

न्यूरो कार्डियो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच छुट दिने सम्बन्धी सम्झौता भएको छ। प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई विराटनगर-८, मोरङस्थित न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटले अन्तरंग तथा बहिरंग सेवामा १० देखि १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो।

न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई र प्रभु बैंकका गोल्छाचोक शाखा प्रमुख प्रशान्तकुमारले एक समारोहका बीच समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

अस्पतालका विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवामा प्रभु बैंक लिमिटेडका ग्राहक तथा सेयरहोल्डरलाई १० प्रतिशत र प्रभु बैंकका कर्मचारीलाई १५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ।

टिकटबाहेक सिटिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआइसियू, अर्थोपेडिक सर्जरी, एमआरआई, प्रसुति तथा स्त्री रोग, क्याथल्याब, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरोनेभिगेसनस्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरूमा छुट दिने सहमति भएको हो।

प्रकाशित: २७ वैशाख २०८१ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App