७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

फोन पेको अन्तरआबद्ध भुक्तानी प्रणालीमा मोरुडिजिटल वालेट समावेश

डिजिटल भुक्तानी गर्दै आएको फोन पेको अन्तरआबद्ध भुक्तानी प्रणालीमा ‘पे नेप प्राइभेट लिमिटेड’ (मोरु डिजिटल वालेट) लाई आफ्नो सञ्जालमा समावेश गरेको छ।

मोरु डिजिटल वालेट, फोन पे नेटवर्कमा अन्तरआबद्ध हुनाले अब मोरु डिजिटल वालेटबाट सजिलै क्युआर भुक्तानी कारोबारहरू गर्न सकिने भएको छ।

फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले, फोन पे र मोरु डिजिटल वालेटका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यस अन्तरआबद्धताको साथमा सम्पूर्ण मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूले फोन पे नेटवर्कमा अवस्थित नेपालभरका झन्डै १४ लाख व्यावसायिक प्रयोगकर्ताले क्युआरमार्फत भुक्तानी गर्न सक्नेछन्।

कार्यक्रममा बोल्दै फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवासकुमार सापकोटाले भने, ‘हामी मोरु डिजिटल वालेटलाई हाम्रो बढ्दो भुक्तानी इकोसिस्टममा स्वागत गर्न पाउँदा खुसी छौं।

यो साझेदारीले हाम्रा प्रयोगकर्ताहरूलाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्न सदैव तत्पर रहने हाम्रो दृष्टिकोणलाई दर्शाएको छ।’

प्रकाशित: २५ वैशाख २०८१ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App