३१ चैत्र २०८१ आइतबार
image/svg+xml २२:३४ अपराह्न
अर्थ

महालक्ष्मी विकास बैंकद्वारा राहत सामग्री वितरण

महालक्ष्मी विकास बैंकले मटिहानीका आगलागी पीडितलाई राहत सामग्री वितरण गरेको छ। बैंकले वैशाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका वडा ६ मा आगलागीका कारण घरबारविहीन हुन पुगेका १५० घर परिवारलाई राहत सामग्री वितरण गरेको हो।

 बैंकले राहत स्वरूप दुई लाख पचास हजार रूपैयाँ बराबरको ७५० केजी आँटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० वटा नुहाउने र लुगाधुने साबुन र १५० काटुन चाउचाउ लगायतका खाद्यान्न सहयोग गरेको हो। बैंकले प्रदान गरेको सहयोगले असहज परिस्थितिमा पीडित परिवारहरूको आधारभूत आवश्यकता पूरा गर्न थोरै भए पनि मदत पुग्ने विश्वास लिएको छ।

प्रकाशित: १७ वैशाख २०८१ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App