२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भारतमा सिट्रोनको तीन वर्ष नेपालमा पनि उत्सव

सिट्रोनले भारतमा कार उत्पादन गर्न थालेको तीन वर्ष भएको अवसरमा कम्पनीले नयाँ स्पेसल ब्लु एडिसन सार्वजनिक गरेको छ। कम्पनीले उत्पादनको १०५ औं वर्ष पूरा गरेको अवसर र नेपालमा नयाँ वर्षको अवसरलाई मध्यनजर गर्दै सांग्रिला मोटर्सले ग्राहकमैत्री अफरहरू ल्याएको छ।

सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाले १०५ वर्ष लामो लिगेसी, भारतमा तीन वर्ष पूरा गरेको र नेपालमा नयाँ वर्षसमेतको अवसर पारेर कम्पनीले ग्राहकलाई केही फाइदा थपी दिन तयार भएको बताए।

कम्पनीका अनुसार नयाँ अफरअन्तर्गत सांग्रिला मोटर्सले उपलब्ध गराएको पेट्रोल र विद्युतीय कारमा अधिकतम २ लाख ५० हजारसम्म फाइदा पुग्ने अफर रहेको छ। अफरमा उपभोक्ताले आकर्षक नगद छुट, एक वर्षको बिमा, एक्सचेन्ज बोनस र एक वर्षको सवारी करसमेत गरी दुई लाख ५० हजार रूपैयाँसम्म फाइदा पाउने छन्।

यस्तै सिट्रोन सिथ्री पेट्रोलमा १.२ लिटर क्षमताको इन्जिन रहेको र इन्जिनले ८२ पीएस पावर र ११५ एनएम टर्क प्रदान गर्छ। साथै, इलेक्ट्रिक सिथ्रीमा ४२ किलोवाट क्षमताको मोटर (पिएस ५७) र टर्क १४३ एनएम रहेको छ। पेट्रोल सिथ्रीको मूल्य ३६ लाख ४९ हजार रूपैयाँ रहेकोमा इलेक्ट्रिक मोडलको मूल्य भने ३४ लाख ९९ हजार रूपैयाँ रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १० वैशाख २०८१ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App