१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्द्धनमा सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले नेपालको पर्यटनमा सहयोग पुर्‍याउने उद्देश्यले २०८१ सालको नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ। क्यालेन्डरको मुख्य विषय ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन’ को साथै सो गन्तव्यमा जिम्मेवारीपूर्वक अन्वेषण गर्नु रहेको बैंकले जनाएको छ।

बैंकले क्यालेन्डरको माध्यमबाट नेपालको सातै प्रदेशमा अवस्थित कम परिचित तर आकर्षक पर्यटकीय स्थलको प्रवर्द्धनको प्रयास गरेको जनाएको छ। बैंकका अनुसार क्यालेन्डरमा सोलुखुम्बुमा रहेको दुधकुण्ड, पर्सामा रहेको घडिअर्वा पोखरी, दोलखाको सैलुङ र च्छो रोल्पा ताल, सिन्धुपाल्चोकको पाँच पोखरी लगायतका पर्यटकीय गन्तव्यहरू समावेश गरेको जनाएको छ।

सो प्रयासले आन्तरिक तथा विदेशी पर्यटकलाई नेपालका अति आकर्षक तर कम पहिचानमा रहेका पर्यटकीय गन्तव्यको भ्रमण गरी पृथक अनुभव प्राप्त गर्न उत्प्रेरित गर्नुका साथै नेपालको पर्यटन उद्योगको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २ वैशाख २०८१ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App