१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य १३ सयले घट्यो

स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार तीन सयले ओरालो लागेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार सात सय निर्धारण भएको छ। बिहीबार छापावाला सुन प्रतितोला एक लाख ३४ हजारमा कारोबार भएको थियो।

यस्तै,तेजाबी सुन पनि तोलामा एक हजार तीन सयले ओरालो लागेको छ। बिहीबार प्रतितोला एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३२ हजार ५० निर्धारण भएको हो।

यसैगरी,चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार छ सय १५ निर्धारण भएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार छ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा ३५ ले घटेको छ। 

प्रकाशित: २३ चैत्र २०८० ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App