१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रभु महालक्ष्मी लाइफको ब्रान्ड एम्बासडर मनोज गजुरेल

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो ब्रान्ड एम्बेसडरमा कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ। इन्स्योरेन्सले एक कार्यक्रम आयोजना गर्दै कलाकार गजुरेलसँग सम्झौता गरेको हो।

सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं तथा कलाकार गजुरेलले हस्ताक्षर गरेका छन्। इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रसाईंले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा गौरवान्वित भएको बताए।

गजुरेलको आबद्धताले कम्पनीको प्रचार प्रसारमा विशेष उचाइ लिने उनले विश्वास व्यक्त गरेका छन्। सम्झौता एक वर्षसम्मका लागि कायम रहने प्रभु इफ इन्स्योरेन्सले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०८० १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App