२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको स्वास्थ्य शिविर

सिटिजन्स बैंकले १७ औं वार्षिकोत्सको अवसरमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ। बैंकले गण्डकी प्रदेशअन्तर्गत बेनी शाखा र कर्णाली प्रदेशअन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले गण्डकी प्रदेश बेनीनगरपालिका ६ अर्थुङेमा स्थानीय बेनी सञ्जिविनी हेल्थक्लिनिकसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधी वितरण गरको हो।

यसैगरी कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बराह तालगिरी घाटमा स्थानीय जिपिमेमोरियल नर्सिङहोमसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो।

प्रकाशित: २० चैत्र २०८० ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App