२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बागलुङको रिठेखोलामा पक्की पुल

पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ। संघीय सरकारको दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो।

बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका-९ तित्याङ र बागलुङ नगरपालिका-१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ। पुल बनेपछि सधैंभरि सवारी साधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ।

भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन भएको गाउँ भएकाले विदेशी पर्यटकका निम्ति आकर्षण बनेको छ तर अन्य भौतिक पूर्वाधार पनि निर्माण गर्न जरुरी भएको संविधानसभा सदस्य नरबहादुर थापाले बताए।

उनले भकुण्डे पुग्ने बाटोमा पुल बने पनि सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिए। ‘अब नगरपालिकाको ध्यान सडक स्तरोन्नतिमा जानुपर्छ’, उनले भने।

नवनिर्मित पुल २५.८ मिटर लामो छ भने यसको चौडाइ  ६.६ मिटर छ। पुललाई बाढीपहिरोबाट जोगाउन धमाधम ‘ग्याबिन वाल’ लगाइँदै छ।

-रासस

प्रकाशित: १७ चैत्र २०८० ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App