७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंक र आइएफसीबीच सम्झौता

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु तथा लैङ्गिक वित्त क्षेत्रमा आइएफसीद्वारा परामर्श सेवा प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आइएफसीको तर्फबाट दक्षिण एसिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रिम प्रबन्धक मेहदी चेरकाउईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापश्चात् आइएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने, बैंकको जोखिम व्यवस्थापन नीतिलाई अन्तर्राष्ट्रिय स्तरमा कायम जोखिम व्यवस्थापन अभ्यास अनुरूप परिमार्जन गर्नेलगायतका विषयहरूमा परामर्श प्रदान गर्नेछ।

यस्तै आइएफसीले जलवायु वित्त क्षमता निर्माणको लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रमहरूमा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ। साथै आइएफसीले ग्लोबल आइएमई बैंकलाई स्वच्छ यातायात, जलवायु स्मार्ट कृषि र सौर्य परियोजनाहरूलगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा पनि विशेष परामर्श दिने जनाएको छ।

प्रकाशित: १६ चैत्र २०८० ०८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App