२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैंकद्वारा बिमा रकम भुक्तानी

एनआइसी एसिया बैंकद्वारा बचत खातामा उपलब्ध बिमा बापत एक करोड २० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।

बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत घातक रोगको बिमा बापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले जम्मा एक करोड २० लाख रूपैयाँ बिमा रकम आइजिआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बिमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको छ।

बैंकका विभिन्न शाखा कार्यालयमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहक तथा परिवार सदस्यलाई बिमा कम्पनीले प्रदान गरेको सो रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो।

बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेका रचना गौचन, दैलेखमा खाता खोलेका चक्रबहादुर कटुवाल, बुटबलमा खाता खोलेका पार्वती श्रेष्ठ, रूपन्देहीमा खाता भएका पुन्यप्रसाद ढकाल र पोखरामा खाता खोलेका विजयकुमार गुरुङलाई दुर्घटना बिमाबापत एवं काठमाडौंमा खाता भएका एलिना न्यौपाने र निर्मला चापागाईंलगायतलाई बिमा रकम भुक्तानी गरेको हो।

प्रकाशित: १४ चैत्र २०८० ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App