२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एक साथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

बैंकले ग्लोबल मनी विक २०२४ को अवसर पारेर देशव्यापी रूपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा १४ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, बिप्रेषण प्रापक तथा स्थानीय युवायुवती लगायतको सहभागिता रहेको थियो।

ग्लोबल आइएमई बैंकले आफ्ना ३५४ वटै शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ।

प्रकाशित: १३ चैत्र २०८० १०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App