१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लालीगुराँसलाई समस्याग्रस्त सहकारीबाट हटाउन माग

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारीको सूचीबाट हटाउन माग गरेको छ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो सहकारीलाई समस्याग्रस्त घोषणा गरिएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। संघले मन्त्रालयले गरेको सो निर्णय तत्काल फिर्ता लिन पनि आग्रह गरेको छ।

विज्ञप्तिमा संघको सदस्य संस्था लालीगुराँस बहुउद्देश्यीय सहकारी र मन्त्रालयबीच छलफल चलिरहेका बेला हचुवाका भरमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको जनाएको छ। सहकारी संस्थाको दैनिक कार्यलाई निरन्तरता दिँदै संस्था सञ्चालनमा रहेको र सदस्यहरूको बचत फिर्तालाई विशेष ध्यान दिइँदै आएको जनाएका छ।

साथै सदस्यहरूको बचत फिर्ता गर्दै आइरहेको सो संस्थालाई मन्त्रालयद्वारा समस्याग्रस्त घोषणा गरिएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ चैत्र २०८० ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App