७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सामसङद्वारा फाइभ जी स्मार्टफोन सार्वजनिक

सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए फिफ्टी फाइभ फाइभ जी र ग्यालेक्सी ए थर्टी फाइभ फइभ जी स्मार्टफोनहरू सार्वजनिक गरेको छ। कम्पनीले बढीभन्दा बढी ग्राहकलाई अत्याधुनिक मोबाइल इनोभेसनहरू प्रदान गर्ने उद्देश्यले ती स्मार्टफोनहरू सार्वजनिक गरेको जनाएको छ।

दुवै उपकरणहरूमा समासङ नक्स भ्यालुट जस्ता उच्च सुरक्षा सुविधाका साथै ग्यालेक्सीको फ्ल्यागसिप क्यामराको इनोभेसनबाट प्रेरित नयाँ फोटोग्राफी क्षमताहरू र भिजन बुस्टरको साथ प्रयोगकर्ताको परिवेश अनुरूप समायोजन हुने डिस्प्ले रहेको कम्पनीले बताएको छ।

ग्यालेक्सी ए सिरिजमार्फत कम्पनीका नवीन प्रविधिलाई अझ बढी ग्राहकका लागि पहुँचयोग्य बनाउने लक्ष्य रहेको र धेरैले यसको सुविधाहरूको आनन्द लिउन् भन्ने रहेको कम्पनीका बिजनेस निर्देशक प्रणयरत्न स्थापितले बताए।

प्रकाशित: ६ चैत्र २०८० १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App